
जनस्वास्थ्य सरोकार, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । प्रत्यारोपणका लागि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने भएको छ ।
प्रदेशका विभिन्न स्थानमा डायलायसिस सेवा विस्तार गर्ने, प्रत्यारोपण तथा डायलायसिसको लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम अध्ययापन आदि व्यवस्थापन गर्ने, प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्नका लागि प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने बिषयमा दुइ संस्थाबिच सहमति भएको छ ।
नेपालमा बार्षिक ३ हजार बढीको मिर्गौला फेल हुने गरेको छ । सरकारले डायालासिस तथा प्रत्यारोपण केन्द्रलाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना बनाएको छ । यहि योजना अन्तरगर्त प्रत्यारोपण केन्द्रले प्रतिष्ठानसंग सम्झौता भएको हो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

