जनस्वास्थ्य सरोकार, डोटी । पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय संक्रमितको सङ्ख्या १६२ पुगेको हो ।
छिमेकीमूलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ । भारतमा संक्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि संक्रमण दर बढेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ संक्रमित थपिएका छन् भने कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक–एकजना सक्रिय संक्रमित छन् ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय सक्रमितको सङ्ख्या बढ्न थालेको जनाउँदै यहाँका नागरिकमा चिन्ता थपिएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

