
जनस्वास्थ्य सरोकार, चितवन । जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन्। सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो।
यहाँको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा नौ महिनाका अवधिमा एक सय जनाको मुटु, रक्तनदी र फोक्सोको शल्यक्रिया गरेको कलेजले जनाएको छ। अस्पतालको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस) विभागमार्फत् यी शल्यक्रिया भएका हुन्। गत वैशाखदेखि यो सेवा सुरु गरिएको हो।
विभागका प्रमुख कार्डियोथोरासिक तथा भाष्कुलर सर्जन डा अनिल आचार्यले मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्तनलीका जटिलदेखि साधारणसम्मका शल्यक्रिया, फोक्सोको शल्यक्रिया गरिएको जानकारी दिनुभयो। उहाँले जटिल प्रकारका शल्यक्रिया गरिएको उदाहरण दिँदै मुटुको खुम्चिने शक्ति निकै कम भएका व्यक्तिको शल्यक्रिया गरी स्वस्थ बनाइएको बताउनुभयो । ।
उहाँले भन्नुभयो,“मुटुको खुम्चिने शक्ति कम भएकोमा दुई वटा भाग फेर्ने र एउटा उपचार गर्ने काम सफलतापूर्वक गरियो।” हालसम्म गरिएका सबै शल्यक्रिया सफल भएको उहाँको भनाइ छ। विभागमा डा आचार्यसँगै डा अल्का सिंहले यो विभाग अन्तर्गतका शल्यक्रिया गर्दै आउनुभएको छ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सिटिभिएस विभाग अन्तर्गत सबै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाउँदै विभागका चिकित्सक, नर्सलगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो। रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
