
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राका अनुसार थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।
मिश्राका अनुसार पौष महिनाका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस–जीन स्क्रिनिङ गर्दा २ सय ५० नमुनामा एस–जिन नेगेटिभ पत्ता लागेको थियो । सो मध्ये २४ वटा नमूनामा ओमिक्रोन पुष्टि भएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या २७ पुगेको छ ।
ओमिक्रोन भेरियन्टबाट हुनसक्ने बिरामीको चापलाई मध्यनजर गरी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य सामग्रीहरुको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन गरिसकेको डा. मिश्राले बताउनुभयो ।
२४ नोभम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भाइरस थुप्रै देशमा फैलिसकेको छ । संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको जोखिम जोखिम झनै बढ्दै गएको छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

