
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो। आजमात्रै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।
ओमिक्रोन भेरियन्टबाट हुनसक्ने बिरामीको चापलाई मध्यनजर गरी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य सामग्रीहरुको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन गरिसकेको मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।
सरकारले सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि निर्देशन दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

