
जनस्वास्थ्य सरोकार , काठमाडौंँ । नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै अधिकारी निर्वाचित हुनुभएको हो । अधिकारीले ५९२ मत प्राप्त गर्नुभयो भने श्रेष्ठले ५६५ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा विमला भट्ट ७२७ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस्तै, महासचिवमा सागर दाहाल ४६४ मत ल्याएर विजयी हुनुभएको छ । कोषाध्यक्षमा चेतराज पण्डित, सचिवमा रोशन लामा, र सह—कोषाध्यक्षमा उमादेवी थापा विजयी हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सुदिप चिलवाल, अन्जना खड्का, प्रतीक खनाल, विन्जुवाला श्रेष्ठ, विजेश बस्नेत, दयाकृष्ण पन्त, रामानन्द पण्डित, अम्बिका बाँनिया र रणधीर यादव विजयी हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
