
जनस्वास्थ्य सरोकार । विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख नाघेको छ ।
दुई वर्षअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ५५ लाख पाँच हजार जनाभन्दा धेरैले ज्यान गुमाएका वर्ल्डओमिटरले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १८ लाख ४८ हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
ओमिक्रोन भेरियन्ट फैलिएसँगै केही दिनदेखि विश्वभर सङ्क्रमण फैलने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा तीन लाख ६ हजार र भारतमा एक लाख ८० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।
विश्वमा अहिलेसम्म ३० करोड ७८ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ करोड ९५ लाखभन्दा धेरै सङ्क्रमित निको भएका छन् ।
यसैबीच ओमिक्रोन भेरियन्ट फैलिरहेको बेला साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ ।
डेल्टा र ओमिक्रोनको मिश्रित नयाँ भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । २५ जनामा डेल्टाक्रोन पुष्टि भएकोमा ११ जनाको अस्पतालमा उपचार भइरहेको युनिभर्सिटी अफ साइप्रसले जनाएको छ । नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् । एजेन्सी
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

