जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा भोलिदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरूद्ध खोप दिन लागेको हो।
१८ वर्ष मुनिका भन्नाले १७ वर्ष ११ महिना २९ दिन मुनिका हुनुपर्ने मन्त्रालयले जनाएको छ। बालबालिकाहरूलाई फाइजर र मोडर्नाको खोप दिन लागेको हो।
काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानीय तहमा भने यो अभियान केही दिन अघिदेखि नै सुरू भइसकेको जनाएको छ।
त्यसैले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

