जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा गृहमन्त्रालयले गरेको स्वीकृतिमा सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्नुपर्ने छ । सार्वजनिक स्थानमा खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागू गर्ने व्यवस्थाका लागि सबै डिसिएमसी ले आवश्यक व्यवस्था गर्ने छ ।
यसैगरी सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुनेगरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम गर्न पाइने छैन । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजन नर्ग नगराउन गृहले निर्देशन दिएको छ ।
जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ समेत गर्न सक्नेछन् ।

अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
