
जनस्वास्थ्य सरोकार । भारतमा एकै भारतमा पछिल्लो २४ घन्टामा थप १ लाख ६८ हजार ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको तुलनामा संक्रमणदर भने ६.५ प्रतिशतले कम हो। सोमबार १ लाख ८० हजार जनामा संक्रमण देखिएको थियो ।
भारतमा अहिलेसम्म ३ करोड ५८ लाख ७५ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सबैभन्दा महाराष्ट्रमा कोरोना संक्रमण देखिएको छ । यहाँ पछिल्लो २४ घन्टामा ३३ हजार ४७० जनामा संक्रमण पुष्टि भएको छ । यसका साथै पश्चिम बंगालमा १९ हजार २८६,दिल्लीमा १९ हजार १६६, तमिलनाडुमा १३ हजार ९९० र कर्नाटकमा ११ हजार ६९८ जनामा संक्रमण देखिएको हो ।
भारतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट २७७ जनाको ज्यान गएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार २१३ पुगेको छ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी केरलामा १६६ जना र दिल्लीमा १७ जनाको मृत्यु भएको हो । यस्तै कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्ररुपमा फैलिरहेको छ । हालसम्म भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
