
जनस्वास्थ्य सरोकार, काभ्रे । कोरोना भाइरस संक्रमणका कारण काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कार्यक्रम स्थगित हुने भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
पछिल्लो समय कोभिड १९ तीव्र रूपमा फैलिँदै गएको अवस्था हेरेर माघ महिनाभर लाग्ने मेलाका कार्यक्रम नगर्न तथा सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला तथा महोत्सव नगर्न प्रशासनले आग्रह गरेको छ।
मकर मेला स्थगित गरे पनि सुरक्षाका मापदण्ड अपनाई स्नान गर्न भने दिइने निर्णयमा उल्लेख छ। काभ्रेका १३ वटै स्थानीय तहलाई भिडभाड हुने कुनै पनि कार्यक्रमा नगर्न नगराउन अनुरोध गरिएको छ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ
२
