
जनस्वास्थ्य सरोकार, काभ्रे । कोरोना भाइरस संक्रमणका कारण काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कार्यक्रम स्थगित हुने भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
पछिल्लो समय कोभिड १९ तीव्र रूपमा फैलिँदै गएको अवस्था हेरेर माघ महिनाभर लाग्ने मेलाका कार्यक्रम नगर्न तथा सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला तथा महोत्सव नगर्न प्रशासनले आग्रह गरेको छ।
मकर मेला स्थगित गरे पनि सुरक्षाका मापदण्ड अपनाई स्नान गर्न भने दिइने निर्णयमा उल्लेख छ। काभ्रेका १३ वटै स्थानीय तहलाई भिडभाड हुने कुनै पनि कार्यक्रमा नगर्न नगराउन अनुरोध गरिएको छ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



