
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमितको संख्या बढेसँगै होटल र रेष्टुरेन्ट प्रवेश गर्नलाई पनि खोप कार्ड चाहिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज नयाँ आदेश जारी गर्दै होटल र रेष्टुरेन्टमा जान पनि कार्ड अनिवार्य गरेको हो ।
नयाँ आदेशअनुसार होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य चाहिने छ । पूर्ण खोप लगाएको कार्डको फोटो भएपनि हुने छ ।
प्रशासनले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सार्वजनिक स्थलहरूमा कडाई गर्नेक्रममा यस्तो निर्णय गरेको छ । तेस्रो लहर सुरू हुनै लाग्दा त्यसको रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले नयाँ निर्णय गरेको हो ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

