
जनस्वास्थ्य सरोकार, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले अक्सिजन सिलिण्डर अस्पतालमा बुझाउन निर्देशन दिएको छ । मंगलबार १८ बुँदे आदेश जारी गर्दै प्रशासनले कोभिड–१९ को दोस्रो लहरको समयमा प्रयोग भएका अक्सिजन सिलिण्डरहरु यथाशिघ्र सम्बन्धित अस्पताल, उद्योग वा स्थानीय तहमा बुझाउन निर्देशन दिएको हो ।
जिल्ला प्रशासनले भनेको छ– ‘अक्सिजनको आपूर्ति सहज बनाउन कोभिड–१९ को दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरु यथाशिघ्र सम्बन्धित अस्पताल, उद्योग वा स्थानीय तहमा हस्तान्तरण गर्ने ।’
त्यस्तै सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैन । प्रशासनले जारी गरेको निर्देशन अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने तथा दैनिक रुपमा सवारी साधनलाई सेनिटाइजर गर्नुपर्ने छ ।
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
