जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९८ जनाको पीसीआर र ४ हजार ५८३ जनाको एन्टिजेन गरी जम्मा १५ हजार ८१ वटा नमुना परीक्षण गर्दा ३५५३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर १४ हजार ३४० सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३ लाख ५६ हजार ४ जनाको कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

