
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
नबिल बैंकको प्रधान कार्यालयमा बिहीबार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी तथा परिवारलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो ।
सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनुहुनेछ । बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्न सक्नुहुनेछ ।
त्यसैगरी, नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुका लागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउने छ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
