
जनस्वास्थ्य सरोकार, कालीकोट । कालीकोटमा कोरोना भाइरस संक्रमण जोखिम बढ्दो छ। राजनीतिक दलका भेला, सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो।
कालीकोटमा शुक्रबार बिहान ११ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय कालीकोटकाअनुसार कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरु राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी भएको पाइएको छ ।
जिल्लामा कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिनुभयो । “पछिल्लो चरणमा कोभिड–१९ बाट सङ्क्रमितमध्ये छ महिला र सात जना पुरुष हुनुहन्छ”, उहाँले भन्नुभयो, “विगतको तुलनामा तेस्रो चरणको कोभिड–१९ लहरले भयावह रुप लिएको छ ।”
कोभिड–१९ सङ्क्रमित होमआइसोलेसनमा उपचारत रहेको निमित्त प्रमुख महतले जानकारी दिनुभयो। जिल्लामा हालसम्म कोभिड–१९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ८१ हजार १८१ रहेको र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ४६ हजार ३१३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ। हालसम्म कालीकोटमा कूल जनसङ्ख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसङ्ख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो मात्रा कोभिड–१९ विरुद्धको खोप लगाएको निमिक्त प्रमुख महतले बताउनु भयो। रासस
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३


