
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टीजेन परीक्षण गरि जम्मा २० हजार ५६० नमुना परीक्षण गर्दा उक्त संख्यामा सख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ४७४ नमुना पिसिआर परिक्षण गर्दा ४२ सय ४ जना र ७ हजार ८६ नमुना एन्टीजेन परीक्षण गर्दा ८८३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । यस अवधिमा संक्रमणको कारण ३ जनाको निधन भएको छ भने ३०६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । जसमध्ये १७ हजार २९१ होम आइसोलेसनमा र ९४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । सस्थागत आइसोलेसनमा रहेकामध्ये १११ जना आइसियूमा र २५ जना भेन्टिलेटरमा उपचारत छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


