
जनस्वास्थ्य सरोकार, कठमाडौँ । सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोरोनाविरुद्ध खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। सोही निर्णयअनुसार आजबाट अग्रपंक्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज दिन लागिएको हो।
स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतकाअनुसार अग्रपंक्तिमा खटिनेलाई आजदेखि र ६० वर्षदेखि माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिन लागिएको हो।
स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ। यसका लागि आवश्यक व्यवस्था गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई विभागले पत्र काटेको छ।
को–को पर्छन् अग्रपंक्तिमा खटिनेमा ?
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मीहरु, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्दछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, शस्त्रको विओपीमा खटिएका, जनपथ प्रहरी, आर्मीको शव व्यवस्थापनमा खटिने, बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी , सरकारी सेवामा अग्रपंक्तिमा खटिने कर्मचारी र स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि पर्दछन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
