नेपाल हेल्थ न्युज, काठमाडौं । इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
डा. केसीले गत १२ गतेदेखि इलाममा अनसन सुरु गरेका थिए। अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार उनलाई इलाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँ उपचार भइरहे पनि स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए।
चिकित्सकको सिफारिसअनुसार सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएर उनलाई काठमाडौं ल्याएको हो। हाल उनको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै
सोमबार, कात्तिक १६, २०८३
स्वास्थ्यमा समस्या बढेपछि डा. केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै
सोमबार, कात्तिक १६, २०८३
पर्वत अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट
आइतबार, कात्तिक १५, २०८३
अस्पताल उद्घाटन विवादमा गोली लागेर घाइते पासवानको टीयू शिक्षण अस्पतालमा उपचार हुँदै
आइतबार, कात्तिक १५, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य घट्दै, व्यापारिक नाफा ३० प्रतिशतमा सीमित
आइतबार, कात्तिक १५, २०८३ट्रेन्डिङ
