जनस्वास्थ्य सरोकार, काठमाडौँ । माघ महिनामा बाथरोग जागरण अभियानअन्तर्गत यस वर्ष माघ २ देखि ७ गतेसम्म निःशुल्क स्वास्थ्य परीक्षण शुरु भएकोे छ ।
बाथरोग निवारणको लागि बद्री तिर्थ आरथ्राइटिस सोसाइटी र नेशनल बाथरोग सेन्टरको संयुक्त अभियानमा ‘‘समयमा नै परीक्षण गरौं, जार्नीहरु बचायौं’’ भन्ने मूल नाराकासाथ विगत आठ वर्षदेखि यो अभियान सञ्चालन हुँदै आएको छ । यस केन्द्रले निःशुल्क स्वास्थ्य परीक्षण, फोटा प्रर्दशनी तथा जनचेतनासम्बन्धि विभिन्न ¥याली गर्दै बाथरोगबारे जानकारी दिँदै आएको छ ।
बाथरोग जागरण अभियानमा यस वर्ष सेन्टरले २ हजार ५ सय मूल्य बराबरको बाथरोग पहिचान र परामर्श सेवामा छुट दिने घोषणा गरेको छ । यससँगै अभियानमार्फत बाथरोग एक अटोइम्युन रोग हो । यसकासाथै यो एक किसिमको दिर्घ रोग हो । जोर्नी दुख्ने, सुन्निने यसका लक्षण हुन् भन्ने जानकारी दिन सफल भएको बाथरोग सेन्टरका निर्देशक डा. रोशन कक्षपतिले जानकारी दिनुभयो ।
यस अभियानमार्फत सामान्य जोर्नी दुखाईहरु डरलाग्दा बाथरोग पनि हुन सक्छ भन्ने सत्यतथ्यलाई आम नेपालीमाझ लान सकिएको उहाँले बताउनुभयो । यसैगरि यस अभियानको अवसरमा बद्री तिर्थ आरथ्राईटिस सोसाइटी र नेपाल ज्येष्ठ प्राध्यापक सोसाइटीको सहकार्यमा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा योगदान पु¥याएकोमा तिर्थनन्द बैध मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड प्रा.डा. जमल देवी मानन्धर श्रेष्ठलाई प्रदान गरिएको छ ।

नेशनल बाथ सेन्टरले नेपालको ६ जिल्लाबाट ग्रसित जनसंख्याको ५ प्रतिशतलाई सेवा दिन सफल भएको जनाएको छ । यसैगरि ८० देखि ८५ प्रतिशत जनसंख्या उपचारको पहुँचबाहिर रहेकाले यस निःशुल्क स्वस्थ्य परीक्षणबाट पिडित व्यक्तिहरु लाभाम्वित हुनसक्ने सेन्टरले विश्वास लिएको छ ।
सन् २०१२ देखि नेशनल नेशनल बाथरोग सेन्टरले सुन्धरामा ब्यानरसहित ¥याली गरेर नेपालमा पहिलो पटक बाथरोग दिवस मनाएको थियो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
