जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा १५ हजार १३१ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ५६२ पिसिआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा र २५ सय ६९ एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस अवधिमा जना ४३५ कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० जना रहेको छ । सक्रिय संक्रमितमध्ये २४ हजार ५८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६ गरि जम्मा २५ हजार ६८० जना आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १२२ जना आइसियूमा र १२ जना भेन्टिलेटरमा उपचारत छन् ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
रोग
बिरामीलाई अनावश्यक रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
शुक्रबार, माघ १६, २०८२
पाठेघरको शल्यक्रिया गराउन पुगेकी महिलाको मृत्यु
शुक्रबार, माघ १६, २०८२
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
