जनस्वास्थ्य सरोकार , नेपालगन्ज । बाँकेको नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा कार्यरत ९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन, सिनियर अहेब, अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा १७ जना स्वास्थ्यकर्मी खटिएका छन् । भारतबाट आउने नेपालीहरूको कोरोना परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि जनशक्ति अभाव हुने अवस्था आएको वलीले बताउनुभयो ।
हिजोआज भारतबाट आउने ठूलो सङ्ख्याका नेपालीहरूमा कोरोना पुष्टि हुने गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

