
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाबाट १४ हजार १४ पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ३ हजार ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जना गरी कुल ६ हजार ७३४ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ३ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै २ हजार ९४३ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ७९५ र २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। अहिले देशभर ३०८७७ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा देशभर १४३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



