
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाबाट १४ हजार १४ पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ३ हजार ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जना गरी कुल ६ हजार ७३४ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ३ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै २ हजार ९४३ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ७९५ र २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। अहिले देशभर ३०८७७ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा देशभर १४३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ
२
