
जनस्वास्थ्य सरोकार, काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ ।
यही माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइने छ ।
त्यस्तै, निजामती कर्मचारी अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ । खोप लगाउनका लागि खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

