जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा लगातार दोस्रो दिन कोरोना भाइरस संक्रमण घट्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ३८ हजार १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार यहाँ २ लाख ५८ हजार ८९ जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार १ लाख ५७ हजार ४२१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३०५ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार ६२८ जना रहेको छ ।
हालसम्म भारतमा ३ करोड ७६ लाख १६ हजार ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यसैगरि ३ करोड ५३ लाख ८४ हजार ९२२ जना कोभिड–१९ संक्रमणमुक्त भइसकेका छन् । यहाँ महामारी सुरु भएयता संक्रमणको कारणले ४ लाख ८६ हजार ७५७ जनाको निधन भएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


