
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी गरेको छ ।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातदेखि लागू हुने गरी माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ ।
जारी विज्ञप्तिमार्फत गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न भनिएको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन आदेश दिइएको छ ।
यस्तै, माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न पनि भनिएको छ । धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्न आदेश जारी गरिएको छ ।
सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले मास्क र फेस सिल्ड लगाउनुपर्नेलगायतका निर्णय पनि प्रशासनले गरेको छ ।
यसैगरी सपिङ मलमा २५ जनाभन्दा बढी व्यक्तिलाई प्रवेश गर्न रोक, दुई मिटरको दूरी कायम, अनिवार्य मास्क लगाउनुपर्नेलगायतका निर्णय पनि भएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

