
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा एकैदिन १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाबाट १७ हजार ८७२ पीसीआर परीक्षण गर्दा ८ हजार ७३० र ४ हजार ९५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५२८ जना गरी कुल १० हजार २५८ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जना गरी कुल ५ हजार ५४९ जनामा संक्रमण देखिएको हो।
सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। अहिले देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा देशभर २ लाख १३ हजार १४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ
२
