
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले आगामी माघ १६ गतेदेखि देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले विद्यालयमा माघ १६ देखि २० गतेसम्म कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाकाअनुसार खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको छ ।
बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय पनि गरेको छ ।
विमानमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउनुपर्ने तथा अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्ने व्यवस्था गर्न केन्द्रले निर्देशन दिएको छ ।
त्यस्तै, विश्वविद्यालयका परीक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

