
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्मचारीमा कोभिड १९को सङ्क्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज बुधबारबाट लागू हुने गरी सेवामा कटौती गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि नियमित सेवा कटौती गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको हो । त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ ।
यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ । सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



