
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्मचारीमा कोभिड १९को सङ्क्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज बुधबारबाट लागू हुने गरी सेवामा कटौती गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि नियमित सेवा कटौती गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको हो । त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ ।
यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ । सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

