जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा २३ हजार ४०९ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १८ हजार ७८ पीसीआर परीक्षण गर्दा ९ हजार ५२ जनामा र ५ हजार ३३१ एन्टीजेन परीक्षणबाट १ हजार ८५० जनामा कोभिड–१९ पुष्टि भएको हो । यस अवधिमा ६१३ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४ जनाको निधन भएको छ ।
मन्त्रालयकाअनुसार कुल संक्रमितमध्ये ६ हजार ३४३ जना काठमाडौँ उपत्यकाका रहेका छन् । जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौँमा ४ हजार ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ जना रहेको छ । सक्रिय संक्रमितमध्ये जना ४६ हजार ५१५ होम आइसोलेसनमा र १ हजार ४१४ हजार जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये जना १६९ आइसियूमा र २८ जना भेन्टिलेटरमा उपचारत छन् । यसैगरि संस्थागत क्वारेन्टिनमा १२८ जना रहेका छन् ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
