नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा अनशनमा बसेका प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि डा. केसीलाई आइतबार रातिदेखि अक्सिजन दिएर उपचार भइरहेको थियो। उहाँको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकहरूले सुविधासम्पन्न अस्पतालमा तत्काल स्थानान्तरण गर्न सुझाव दिनुभएको थियो।
इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरका अनुसार डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएपछि संघीय तथा प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काठमाडौं पठाउने निर्णय गरिएको हो।
उहाँको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यक उपचार उपलब्ध गराउन उच्चस्तरीय स्वास्थ्य संस्थामा रेफर गरिएको अस्पतालले जनाएको छ।
डा. केसी पाँच दिनदेखि अनशनरत हुनुहुन्छ। इलाम अस्पतालले सोमबार बिहान सार्वजनिक गरेको स्वास्थ्य विवरणअनुसार उहाँको रक्तचाप १००\६० रहेको छ भने नाडीको गति प्रतिमिनेट ९० देखि १०० सम्म मापन गरिएको छ।
डा. केसीलाई स्वास्थ्य अवस्था थप बिग्रन नदिन र आवश्यक विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले उनलाई काठमाडौं ल्याउन लागिएको हो।
पर्वत अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट
आइतबार, कात्तिक १५, २०८३
अस्पताल उद्घाटन विवादमा गोली लागेर घाइते पासवानको टीयू शिक्षण अस्पतालमा उपचार हुँदै
आइतबार, कात्तिक १५, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य घट्दै, व्यापारिक नाफा ३० प्रतिशतमा सीमित
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल हब बनाउने सरकारी तयारी, कार्यदल गठन गरिने
आइतबार, कात्तिक १५, २०८३
