
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९को संक्रमण बढेसँगै ट्राफिक प्रहरीले अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान शुरू गरेको छ ।
ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक, सह–चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सूचनामुलक स्टिकर टाँस गरेको हो ।
काठमाडौं मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुले ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँसेर अभियान शुरू गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै एसएसपी उमेश राज जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गर्नुभयो ।
यसका साथै ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भएनभएको अनुगमन गर्दै मास्क नलगाएका सवारी चलाकलाई सम्झाइ–बुझाइ मास्कसमेत वितरण गरेको छ ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
