जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोभिड–१९को कारण स्थगित गरेको स्नातकोत्तर तहको विशेष परीक्षा (विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा) आगामी २१ र २२ माघमा गर्ने भएको छ ।
कोरोनाको बढ्दो संक्रमण र आफ्ना पदाधिकारी तथा कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै काउन्सिलले गत १४ र १५ माघ का लागि तय गरेको परीक्षा ३० पुसमा सूचना जारी गर्दै स्थगित भएको बताएको थियो ।
काउन्सिलका अनुसार परीक्षामा सहभागीता जनाउन चाहनेले आगामी ७ माघ शुक्रबारसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सक्ने छन् । यसअघि आवेदन भरिसकेकाहरुले भने पुन फारम भर्न नपर्ने स्पष्ट पारिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


