जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा २७ हजार ४९७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २१ हजार ७ पिसिआर परीक्षण गर्दा १० हजार ५२ जनामा र ६ हजार ४९० एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जनामा कोभिड–१९ पुष्टि भएको हो ।
बिहीबार पुष्टि भएको संक्रमित संख्या हालसम्मकै उच्च हो । कुल संक्रमितमध्ये काठमाडौँमा ५ हजार १, भक्तपुरमा ८५० र ललितपुरमा १ हजार १३० जना गरी काठमाडौँ उपत्यकामा ६ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस अवधिमा ६४९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेको छ । सक्रिय संक्रमितमध्ये ५५ हजार ८३६ जना होम आइसोलेसनमा र १ हजार ४२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १८६ आइसियूमा र २९ जना भेन्टिलेटरमा उपचारत छन् ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
