जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा २७ हजार ४९७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २१ हजार ७ पिसिआर परीक्षण गर्दा १० हजार ५२ जनामा र ६ हजार ४९० एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जनामा कोभिड–१९ पुष्टि भएको हो ।
बिहीबार पुष्टि भएको संक्रमित संख्या हालसम्मकै उच्च हो । कुल संक्रमितमध्ये काठमाडौँमा ५ हजार १, भक्तपुरमा ८५० र ललितपुरमा १ हजार १३० जना गरी काठमाडौँ उपत्यकामा ६ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस अवधिमा ६४९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेको छ । सक्रिय संक्रमितमध्ये ५५ हजार ८३६ जना होम आइसोलेसनमा र १ हजार ४२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १८६ आइसियूमा र २९ जना भेन्टिलेटरमा उपचारत छन् ।
बिरामीलाई अनावश्यक रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
शुक्रबार, माघ १६, २०८२
पाठेघरको शल्यक्रिया गराउन पुगेकी महिलाको मृत्यु
शुक्रबार, माघ १६, २०८२
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
