जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४७ हजार २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ५१ हजारभन्दा बढी व्यक्तिहरु संक्रमणमुक्त भएका छन् भने ७ सय १ जनाको संक्रमणले निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २० लाख १२ हजार रहेको छ ।
भारतमा बितेका चार दिनयता कोभिड–१९ संक्रमित मृत्युको संख्यामा लगातार वृद्धि भइरहेको छ । १७ जनवरीमा संक्रमणले ३१४ जनाको निधन भएको थियो । त्यहीँ उक्त संख्यामा वृद्धि भएर बितेको २४ घण्टामा ७०१ जनाको निधन भएको छ । मृत्यु हुनेको संख्या आठ महिनापछि ७ सयको हाराहारीमा पुगेको छ । कोरोना महामारीको दोस्रो लहरमा मे ११ मा ७११ जनाको मृत्यु भएको थियो ।
भारतमा हालसम्म ३ करोड ८५ लाख ६६ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि ३ करोड ६० लाख ४८ हजार ८६८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यहाँ महामारी सुरु भएयता संक्रमणको चपेटामा परेर ४ लाख ८८ हजार ३९६ जनाको निधन भएको छ ।
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
शुक्रबार, असार ५, २०८३
