
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडो मौसममा सबै बाथरोगीहरुको जोर्नी दुखाइ बढ्नसक्छ । यो मौसममा जोर्नी दुख्ने, सुन्निने, अर्हरोपनाकासाथै माशंपेशीको दुखाइसँगै मांशपेशीको अररोपना पनि बढ्ने गर्छ । । यस्तो हुनुमा मौसम नै एउटा कारण हो । जाडो मौसममा शरीर सेन्सिटिभ भइरहने भएकाले बाथरोगीमा जोर्नीको दुखाई बढाउँछ । साथै जाडो मौसममा वायुमण्डलको प्रेसर कम हुने कारण जोर्नीको प्रेसर बढेर दुखाई पनि बढ्छ । जाडो मौसममा शारीरिक अभ्यास कम हुने भएकाले बाथरोगीहरुमा जोर्नीको दुखाइ बढाइरहेको हुन्छ ।
खासगरी पानी पर्ने मौसम एवं आकाशमा बादल लागेर टम्म भएको दिनमा बाथरोगीहरुमा दुखाई बढ्ने गरेको नेशनल बाथरोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी बताउनुहुन्छ ।
बाथरोगबाट बच्न के गर्ने ?
जाडो मौसममा बाथरोगीहरुले सक्दो चिसोबाट बच्नुपर्छ । यसका साथै चिसो पानीको प्रयोग सक्दो कम गर्ने, चिसो वतावरणमा नबस्ने, जोर्नीहरुलाई तातो बनाउने, दैनिक बिहानबेलुका ५ देखि १० मिनेट तातो पानीमा जोर्नीहरुलाई डुबाउने, धुम्रपान नगर्ने, धुँवाजन्य वस्तुबाट टाढा रहने आदि । जाडोयाममा औषधि नियमित सेवन गरिरहनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ डा. नकर्मी । जाडो मौसममा कतिपय बाथ रोगीहरुमा औषधि अपग्रेड गर्नुपर्ने समेत हुने भएकाले औषधिको मात्रा मिलाउन चिकित्ससँग परामर्श लिइरहनुपर्छ । यो बेला जोर्नीको दुखाई बढ्यो भनेर पेनकिलर सेवन गर्न हुँदैन । यसले दुखाइ मात्र कम गर्छ । तर बढेको बाथलाई कम गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
जाडो मौसममा बाथरोगीहरुले शारीरिक क्रियाकलाप गरिरहनुपर्छ । शारीरिक अभ्यास गर्नुभन्दा पहिला जोर्नीहरुलाई रवर व्यागलगायतका तातो वस्तुले सेक्नुपर्छ । यसले मांशपेशीको स्टफनेस कम हुने डा. नकर्मीको भनाइ छ ।
छालासम्बन्धी बाथरोग भएका व्यक्तिलाई समस्या

जाडोयाममा छाला सम्बन्धि समस्या स्केलेरोडर्मा र लुपस वाथ भएका व्यक्तिहरुमा रेनट्स फेनोमेनाको समस्या देखिन सक्छ । रेनट्स फेनोमेना भनेको चिसोमा एक्पोज भएपछि औंलाको रंग परिवर्तन भएर सेतो, निलो, पहेँलो हुने समस्या हो ।
जाडो मौसममा रेनट्स फेनोमेना बढ्ने भएकाले हातका औंलाको टुप्पोहरुमा घाउ हुने, पाक्ने सम्भावना बढ्नसक्छ । त्यसैले स्केलेरोडर्मा र लुपस वाथ भएका व्यक्तिहरुले चिसो पानी खेलाउनुहुँदैन । गृहिणीहरुले लुगा धुँदा र भाँडा माज्दा सकेसम्म तातो पानी अथवा मोटो खालको रबरको पञ्जा प्रयोग गर्न डा. नकर्मी सझाव दिनुहुन्छ ।
औषधि/उपचार
बिरामीको अवस्था र बाथ बढे/नबढेको हेरेर औषधिको मात्रा बढाउनुपर्ने पनि हुनसक्छ । बिरामीको रोगको स्थिति हेरेर औषधि घटबट भइनै रहन्छ । तर बिरामी आफैंले औषधिको मात्रा घटबढ गराउन हुँदैन । दुखाइ बढेमा डाक्टरलाई जँचाउन जान डा. नकर्मी सल्लाह दिनुहुन्छ । परीक्षणपछि मात्र दुखाई मात्र बढेको हो वा बाथ पनि बढेको हो भन्ने एकिन हुने गर्छ ।
मर्ने संभावना
दुखाइको कारणले बाथरोगीको मृत्यु हुने संभावना रहँदैन । तर छालासम्बन्धिको बाथ लुपसले फोक्सोलगायतका भित्री महत्वपूर्ण अंगहरुमा असर गरेर समयमा उपचार हुननसकेको अवस्थामा अंग विफल भएर व्यक्तिको मृत्यु हुनसक्छ ।
गठिँया, स्केलेरोडर्माका बाथरोगीहरुमा फोक्सोमा जाली पर्ने सम्भावना रहन्छ । यस्ता बिरामीहरुमा निमोनिया हुने मौका धेरै हुन्छ । यस्ता व्यक्तिहरुलाई कोभिडले सिकिस्त बनाउन सक्ने डा. नकर्मीको भनाइ छ ।
बाथरोगीलाई कोभिड जटिलता हुने सम्भावना कति ?
बाथलगायत सबै दीर्घकालीन रोगीहरुमा कोभिडको जटिलता धेरै हुन्छ । बाथको औषधिले पनि कोभिडको कम्लिकेसन अलि बढी हुनसक्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

