जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ र ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा ३ जनाको मृत्यु भएको छ भने ७६६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयकाअनुसार काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा र १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचारत छन् ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
