
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विगत केही वर्षदेखि बद्री तिर्थ आर्थराईटिस सोसाइटी र नेशनल बाथरोग सेन्टरको सहकार्यमा माघ महिनामा बाथरोग जागरण अभियानका रुपमा निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।
‘कोरोना संक्रमणका कारण गत वर्ष धेरै हदसम्म काम गर्न सकेनौं । सामाजिक सञ्जालमार्फत केही हदसम्म बाथरोगबारे जानकारी दिने प्रयास ग¥यौं’—नेशनल बाथरोग सेन्टरका निर्देशक डा. रोशन कक्षपति भन्नुहुन्छ— ‘यो वर्ष पनि कोरोना भाइरस संक्रमणदर बढिरहेकाले एकसाता बाथ परामर्श र पहिचान निःशुल्क गर्यौं ।’
खासगरी समुदाय, छरछिमेकमा औंलाहरु दुख्ने, सुन्निने समस्या भएकाहरु निःशुल्क परीक्षण गरेर बाथरोग हुनसक्ने सम्भावना पहिचान गर्न सकिन्छ । बाथरोगको पहिचानपश्चात् थप उपचारका लागि मार्गदर्शन गर्न सहज हुने विश्वास लिएको डा. कक्षपतिको भनाई छ ।
अभियान
यस अभियानअन्तर्गत बाथको लक्षण देखिएका जनसंख्याको पहिचान गर्ने र उपचारमा रहेका व्यक्तिहरुलाई निरन्तर उपचार गर्न प्रेरित गर्ने यसको उदेश्य रहेको कक्षपतिले स्पष्ट पार्नुभयो ।
‘आठ वर्षको अनुभवबाट यस किसिमको सोच आएको हो । काठमाडौं, भक्तपुर, ललितपुर, वुटवल, पोखरा, बिर्तामोडमा सेन्टरका शाखाहरु विस्तार गरिएको छ ।’—कक्षपति भन्नुहुन्छ—‘तुलसीपुर, टनकपुर र चितवनमा पनि शाखाहरु बिस्तार गर्दैछौं । अवका दिनहरुमा केन्द्रमा मात्र केन्द्रित नभई जिल्ला, गाउँमा पनि पुग्न आवश्यक छ । सबै नागरिक काठामाडौँमा आउनसक्ने अवस्था नभएकाले गाउँ–गाउँमा पुगेर बाथरोगसम्बन्धि जानकारी र उपचार दिने हाम्रो लक्ष्य हो ।’
केन्द्रले समुदायस्तरमा बाथरोग सेवा प्रदान गर्न अर्को योजना बनाएको छ । वेभ वेस क्लिनिकअन्तर्गत बाथरोगमा काम गर्न चाहने स्वास्थ्यकर्मी, नर्स, हेल्थ असिस्टेन्टहरुलाई तालिम दिएर दुर्गम ठाउँहरुमा सेवा दिने योजना बनाएको कक्षपतिले स्पष्ट पार्नुभयो ।
बाथरोग उपचारमा लाग्ने खर्च

बाथरोग पहिचान गर्दा शुरुमा अलि महँगो पर्छ । पहिचानको क्रममा इम्युनोलोजिकल टेस्टहरु अलि महँगो पर्नसक्छ । यसमा करिब ८—१० हजार खर्च हुनसक्छ । तुलनात्मक रुपमा परीक्षण शुल्क केही हदसम्म सस्तो भएको छ । समयमै बाथरोगको पहिचान गर्नसके स्वास्थ्यको गुणस्तरतामा वृद्धि हुने उहाँको बुझाइ छ ।
औषधि सेवन गरिरहेका बाथरोगीहरुले औषधिको साइड इफेक्ट र रोग नियन्त्रण भएनभएको एकिन गर्न ६ महिनाको बीचमा सिआरपी, सिभिसी, एलएफटी, आरएफटी गरिरहनुपर्छ । यो शुल्क करिब तीन हजार जति पर्नसक्छ । तर औषधिको सरदर खर्च मासिक रुपमा १ हजार ८ सयदेखि २ हजारसम्म आउँछ । तर रोग निको भयो भनेर औषधि छोडेर पुनः बाथ बल्झिएर आएका बिरामीहरुको सबै परीक्षण गर्नुपर्ने भएकाले खर्च बढ्छ । त्यसैले बाथरोगीहरुले नियमित औषधि सेवन गर्नुपर्ने कक्षपतिको सुझाव छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
