जनस्वास्थ्य सरोकार, कालिकोट । कालिकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर सुरु गरिएको छ । संक्रमणदर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य कार्यलयको आयोजनामा स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोनाविरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको छ । घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.रत्नवीर सुनारले जानकारी दिए ।
जिल्लामा हालसम्म १ लाख २७ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जसमध्ये ८१ हजार ९५३ जनालाई भाइरसविरुद्धको पहिलो डोज र ४५ हजार ८०७ जनालाई दोस्रो तथा ३४० जनालाई बुस्टर डोज लगाइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै
बिहीबार, भदौ ११, २०८३
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
