जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा लगातार तीन दिनयता नयाँ कोरोना संक्रमितको संख्यामा कमी आएको देखिन्छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६ हजार ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बितेको शनिबार ३ लाख ३३ हजार ५३३ जनामा र शुक्रबार ३ लाख ३७ हजार जनामा कोभिड–१९ पुष्टि भएको थियो । शनिवारको तुलनामा आइतबार २७ हजार ४६९ अंकले संक्रमितको संख्यामा कमी आएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ४३ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने यस अवधिमा ४३९ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ लाख ४३ हजार जना रहेको छ ।
हालसम्म भारतमा ३ करोड ९५ लाख ४२ हजार ४३५ जनामा कोरोना भाइरुस संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये ३ करोड ६७ लाख ९३ हजार ८७ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । कोरोना महामारीको चपेटामा परेर यहाँ हालसम्म ४ लाख ८९ हजार ८४४ जनाको निधन भएको छ ।
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
