जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा नमुना २१ हजार २०१ परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ६५४ पिसीआर परीक्षण गर्दा ८ हजार ५४ जनामा र ४ हजार ५४७ एन्टीजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा २ हजार ५४० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेको छ । सक्रिय संक्रमितमध्ये ८० हजार ७७९ जना होम आइसोलेसनमा र १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २३८ आइसियूमा र ४३ जना भेन्टिलेटरमा उपचारत छन् ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
