जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाकाअनुसार सोमबार १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो।
यस्तै मंगलबार (भोलि) २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने उहाँले बताउनुभयो । यो खोप सरकारले विश्व बैंकको सपोर्टमा कोभ्याक्स सुविधाअन्तर्गत खरिद गरेको चौरासियाको भनाइ छ। उहाँकाअनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन। उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था सरकारले आफै गरेको हो। सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ।
सरकारले आँफैले खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरासियाले बताउनुभयो । यस्तै चीन सरकारमार्फत पनि आइतबार मात्र २० लाख सिरिञ्ज आइपुगेकाले नेपालमा सिरिञ्ज अभाव नभएको उहाँले जानकारी दिनुभयो ।
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
