जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा लगातार चौथौ दिन कोरोना संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ८७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बितेको दिनको तुलनामा सोमबार करिब ५० हजार अकंले संक्रमितको संख्यामा कमी आएको हो ।
आइतबार ३ लाख ६ हजार ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो । शनिबार ३ लाख ३३ हजार ५३३ जनामा र शुक्रबार ३३ लाख ३७ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ६७ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने ६१४ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार जना रहेका छन् ।
यस्तै भारतीय सरकारले दैनिक कोभिड–१९ संक्रमितको संख्यामा १५ फेब्रुअरीबाट कमी आउने बताएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
