
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षा सम्पन्न भएको छ । शनिबारदेखि सोमबारसम्म (माघ ८,९ र १०) भएको परीक्षामा ८ हजार ६२९ जना विद्यार्थीहरु सहभागी भएका छन्। परीक्षा केन्द्र ३९ वटा तोकिएका थिए ।
परीक्षाको पहिलो दिन शनिबार एमडी एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्रीमा ६ हजार ७४९, आइतबार एमपिएच, एमएससिपिएच, एमपिएचएन, एमपिएचइ, एमपिएच म्यानेजमेन्ट, एमफिल् इन क्लिनिकल साइकोलोजिमा ७४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
त्यस्तै, सोमबार एमडिएस, एमफार्म, एमएस्सी फार्मेसी, फार्म डि, एमएससिएमआइटी, एमएससी माइक्रोबायोलोजी लगायतका विषयमा १ हजार १४२ जनाले प्रवेश परीक्षा दिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
परीक्षाका लागि ८ हजार ६७१ जनाको आवेदन परेपनि ३२ जनाको परीक्षा रद्द भएको जनाएइको छ । आयोगले काठमाडौं उपत्यका बाहिर ४ वटा केन्द्र तोकेको थियो ।
पिजीको शनिबार भएको परीक्षामा आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ गरेको थियो।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
