जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ। माघ २१ र २२ गतेको लागि निर्धारित दशौं राष्ट्रिय महाधिवेशन कोरोना महामारीको कारण स्थगित भएको हो ।
विश्वव्यापी कोरोना महामारीको कारण सरकारी निर्देशन बमोजिम महाधिवेशन स्थगित गर्नु पर्ने वाध्यताको कारणले हाललाई अर्को सूचना प्रकाशित नभए सम्मको लागि महाधिवेशन स्थगित गरिएको संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले जानकारी दिनुभएको छ ।
साथै विभिन्न समितिका कार्यहरु सुचारु राख्न समितिका संयोजक तथा सदस्यहरुलाई संघले आग्रह गरेको छ। समय अनुकुल भएपछि महाधिवेशनको मिति सार्वजनिक गरिने संघले जनाएको छ।
।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

