जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा २५ हजार ९०९ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १८ हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ४३२ जनामा र ७ हजार ८०६ एन्टीजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । यस अवधिमा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । यस अवधिमा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९४३ जना रहेको छ । जसमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा र १ हजार ८१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २४५ जनजा आइसियूमा र ४४ जना भेन्टिलेटरमा उपचारत छन् ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
