जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले सिटामोललगायत अत्यावश्यक औषधि सहज रुपमा उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै दायर गरिएको रिटमा सर्बोच्चले नागरिकलाई सिटामोललगायतका अत्यावश्यक औषधि उपलब्ध गराउने काम सरकारको भएको उल्लेख गर्दै आवश्यक व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको हो ।
अधिवक्ता टीकाबहादुर कुँवरसहितले सो रिट दायर गर्नुभएको थियो । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरूबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल र पारासिटामोललगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउन आदेशमा भनिएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
