जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा लगातार चार दिनदेखि घटिरहेको कोरोना संक्रमण पुनः बढेको छ । पछिल्लो २४ घण्टामा यहाँ २ लाख ८५ हजार ९२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार २ लाख ५५ हजार ८७४ जनामा कोभिड पुष्टि भएको थियो ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ९९ हजार ७३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ६६५ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ लाख २३ हजार जना रहेको छ ।
हालसम्म भारतमा ४ करोड ८२ हजार ७१५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ करोड ७३ लाख ५९ हजार ८१९ जना भाइरस संक्रमणमुक्त भएका छन् । यहाँ महामारीको चपेटामा परेर करिब ४ लाख ९१ जनाको निधन भएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
