जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु विदेशमा बसोवास गरिरहेको देखाएको छ ।
परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ । २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
दश वर्षअघि २०६८ सालमा विदेशमा बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए ।
भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५ हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ जनसंख्या विदेशमा छन् ।
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
