जनस्वास्थ्य सरोकार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया भएको छ। वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा पछिल्लो एक महिनाको अवधिमा मेरुदण्डका १० जना बिरामीको सफल शल्यक्रिया गरिएको छ।
प्रदेश अस्पताल अन्तर्गत हाडजोर्नी विभागले पछिल्लो एक महिनामा अस्पतालमा भर्ना भएका १५ विरामीहरुमध्ये १० जना सफल सल्यक्रिया भएको अस्पतालका प्रवक्ता डा. विकास केसीले जानकारी दिनुभयो ।
दैलेख, कालिकोट र सुर्खेत जिल्लाको पश्चिम क्षेत्रबाट अप्रेशनका लागि अस्पतालमा भर्ना भएका विरामीहरुको उपचार गरिएको थियो। हाडजोर्नी विभागका डा. विकास केसी, डा. पदम गिरी, डा. किशोर विष्ट, डा. प्रकाश श्रेष्ठ, डा. तेजेन्द्र साउँद, डा. भगवत सिंह धमाला र डा. रविन केसीको टोलीले हाडजोर्नीको समस्याबाट पीडित विरामीहरुको सफल अप्रेशन गरेको हो।
भौगोलिक भू–वनावटका कारण घाँस दाउरा लिन गएकाहरुमा बढी यो समस्याबाट पीडित भएको र अप्रेशन सुर्खेतमै सफल भएपछि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको प्रवक्ता केसीले बताउनुभयो । उहाँले अस्पतालको ओपिडीमा आउने बिरामीहरुमध्ये दैनिक १२० जना हाडजोर्नीसम्बन्धी समस्या रहेका बिरामीहरु रहेको जानकारी दिनुभयो ।
मेरुदण्डसम्बन्धी समस्या भएका विरामीहरुलाई सुर्खेतमै सफल अप्रेशन गरेपछि अस्पतालप्रतिको भरोसा समेत बढेको उहाँले बताउनुभयो । केसीकाअनुसार हाडजोर्नी र टाउकोसम्बन्धी अप्रेशन गर्दा सरकारले उपलव्ध गराउने एक लाखसम्मको सहुलियत प्रदान गर्न विभागसँग अनुरोध गरिएको छ।
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
